काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई मनोनयन गरेर पदाधिकारी र केन्द्रीय समिति घोषणा गरेका छन् ।
चितवनको सौराहमा जारी एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द शत्रमा आइतबार राती ओलीले तयार पारेको सुचीमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौड्याल र सुवासचन्द्र नेम्वाङ्गको नाम छ । उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ्ग, विष्णु रिमालको सुची तयार छ ।
त्यस्तै सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरिएको छ ।
एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिएका भिम रावल र बरिष्ठ उपाध्यक्षको दाबी गरेका घनश्याम भुसालको नाम कतै पनि ओलीले राखेका छैनन् । उनले केन्द्रीय समितिमा ३०१ जनाको नामावली तयार पारेका छन् ।
केपी ओलीको लागि छातीमा गोली थाप्न तयार छु भन्दै सचिवको उम्मेदवारी दिएका महेश बस्नेतले कुनै पनि पदाधिकारीमा नाम राखेनन् ।
त्यस्तै केन्द्रीय सदस्यको दाबी गर्दै सौराहमा भाइरल बनेका दुर्गा प्रसाइँको नाम पनि केन्द्रीय समितिको सुचीमा छैन ।