काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकापस्थित श्री कंकाली माध्यमिक विलद्यायका तीन जना शिक्षकहरुले छात्राहरुमाथि यौन दुव्यर्ववहार गरेको आरोप लागेको छ । आफूहरुमाथि शिक्षकद्वारा पटक–पटक यौन हिंसा भएको बताएका छन् ।
कक्षा ७, ८, ९ र १० का छात्राहरुका अनुसार उक्त विद्यालयका अंग्रेजी विषय अध्यापन गराउने कृष्णमाणि लामिछाने, कम्प्युटर असिटेन्ट पुष्प ओझा र ल्याब असिस्टेन्ट अन्जान श्रेष्ठ रहेको पीडित छात्राहरुले बताए । “हामीलाई जहिले आउने गाला छाम्ने कपाल मुसारने, सँगै आएर बसिरहने गर्नुहुन्थ्यो ।” एक छात्राले भनिन, “यो समस्या हाम्रो मात्रै नभएर हामी भन्दा साना बहिनीहरुको पनि भएको कारण हामी बोल्नुपर्छ भन्ने लाग्यो ।” शिक्षकबाट नै विद्यालयमा यौन दुव्यर्ववहार भोगेपछि विद्यार्थीहरुले प्रशासनलाई जानकारी गराएका थिए । तीन चार दिनदेखि विद्यार्थीले उक्त घटना प्रध्यापक विष्णु प्रसाद पनेरुलाई बताउँदै आएका थिए । तर, पीडितहरुको उजुरीको विषयमा प्रशासनले अन्देखा गर्दै आएको छ । आरोपित शिक्षकलाई जोगाउन विद्यालय प्रशासन नै लागेको छात्राहरुको आरोप छ। पिडीत छात्रा भनिन्, “कम्पयुटर चलाइरहेको बेला सर सिकाउने भनेर नजिकै आउनुभयो । अनि उहाँले मेरो छातीमा हात लिनुभयो। मैलै माउसमा हात राखेकी थिएँ । मेरो हात माथि नै उहाँले हात राख्नुभयो । त्यसपछि म उठ्न खोजे तर मलाई उहाँले उठ्न पनि दिनुभएन । उहाँलाई चाडोभन्दा चाडो कारबाही हुनुपर्छ, स्कुलबाट निकाल्नुपर्छ ।”
श्री कंकाली माध्यमिक विद्यालयमा यस्ता घटनाहरु बेला–बेला बाहिर आइरहन्छन् ।घटनालाई गुपचुप पारेर नै राखेको पाइएको छ ।
पछिल्लो समय पनि यस्तो घटनालाई दबाउन खोजिएको देखिन्छ ।
विद्यार्थीहरुले विद्यालय प्रशासनलाई घटनाको छानबिन गर्न दबाब दिएपछि प्रध्यापक पनेरुले व्यवस्थापन समितिलाई बोलाएर बैठक बस्नेबारे जानकारी गराएका छन् । उनी भन्छन्,“विधालय व्यव्स्थापन समीतिले एउटा निर्णय गरेर विदार्थीले भनेपछि गम्भिरतापूर्वक लिएर कारबाही त गर्नैपर्छ । हामीले तत्काल उहाँहरुलाई सस्पेन्ड गर्ने अनि छानबीन प्रक्रिया त हुन्छ नै ।” यौन दुव्यर्ववहारमा संलग्न शिक्षकलाई कारबाही गर्ने बताएका छन् ।
दिगो विकासका लागि जीवन विकास पूरस्कार २०७७ अन्तर्गतको सामुदायिक विद्यालय वा शैक्षिक संस्था वर्षको पुरस्कारबाट राष्ट्रपति विद्यादेवी भण्डारीद्वार यो विद्यालय पुरस्कृत समेत भएको थियो ।