धादिङ त्रिपुरासुन्दरीमा मोबाइल नदिएको निहुँमा वृद्ध दाम्पतिको हत्या, १३ र १५ वर्षिय किशोर पक्राउ

दियो पोस्ट  

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित मुलपानीमा सोमबार राती आहालेमा श्रीमान् श्रीमती दुबैको हत्या भएको थियो ।

उक्त घटनामा ७० वर्षिय श्रीमान् विष्णु बहादुर आलेमगर र ६५ वर्षिय श्रीमती निरमायाँ आलेमगरको हत्या भएको थियो । उक्त घटना संलग्न दुई जना किशोर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) स्याम बहादुर खत्रीका अनुसार घटनामा संलग्न भएका १३ वर्षिय बालक र १५ वर्षिय किशोरलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी खत्रीका अनुसार मोबाइल नदिएको निहुँमा २ किशोर मिलेर दाम्पत्तिको हत्या गरेको हो ।

‘हत्यापछि मोबाईल जंगलमा लगेर लुकाएका रहेछन् मोबाईल पनि फेला परिसकेको र घटनामा प्रयोग भएका धारिलो हतियार समेत उनीहरुले देखाए कै आधारमा बरामद भैसकेको छ ।’ डिएसपी खत्रीले दियोपोस्टसँग भने,‘ घटनाको निष्कर्षमा पुग्न लागेका छौ, थप अनुसन्धान जारी छ ।’

सिफारिस