बर्खास्त भएका एसपी विष्ट र इन्सपेक्टर भट्टद्धारा पुनर्वहालीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन पेश

दियो पोस्ट  

काठमाडौँ, मंसिर १६ । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणबाट बर्खास्त भएका कञ्चनपुरका तात्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्ट जगदिश भट्टले पुनर्वहालीको लागि निवेदन दिएका छन् । निर्मला बलात्कारपछिको हत्याको अनुसन्धानको  क्रममा चरम लापरवाही भएको र प्रमाण मेटाउन ठुलो भुमिका खेलेको भन्दै गत कात्तिक ८ गते एसपी विष्ट र इन्सपेक्टर भट्टलाई प्रहरी सेवाबाट निष्कासन गरिएको थियो ।

आफुहरु अन्यायमा परेको भन्दै दुवै प्रहरी अधिकारीहरुले पुनर्वहालीको माग राख्दै मन्त्रीपरिषदमा निवेदन दिएका हुन् । गत असोज २९ गते प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले दुबै प्रहरी अधिकारीहरुलाई सेवाबाट निष्कासन गर्न गृहमन्त्रालयसमक्ष पत्राचार गरेका थिए । गृह मन्त्रालयले उनिहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरि निष्कासन गरिएको थियो । निष्कासित भएको ३५ दिनभित्र पुनर्बहालीको लागि मन्त्रीपरिषदमा आवेदन दिन पाउने प्रावधानअनुरुप दुवै अधिकारीहरुले निवेदन पेश गरेका हुन ।

वर्खास्त भएका एसपी विष्ट र इन्सपेक्टर भट्टलाई पुनर्वहाली गर्ने या नगर्ने भन्ने विषयको टुंगो भने मन्त्रीपरिषदको वैठकले लगाउने छ । वैठकले पुनर्वहाली नगरेको खण्डमा उनिहरुलाई अदालत जाने बाटो समेत खुल्ला रहने प्रावधान रहेको छ ।