ए डिभिजनमा आजदेखि छैटौँ चरणका खेल हुने, पहिलो खेलमा एपीएफ र न्यूरोड टिम भिड्ने

diyopost.com
Diyo post  मंगलबार, मंसिर १८, २०७५ | ८:३०:३१

काठमाडौं, मंसिर १८ । सहिद स्मारक ए डिभिजन अन्तर्गत मंगलबारदेखि छैटौँ चरणका खेल हुँदैछन् । सातदोबाटोको एन्फा कम्पलेक्समा आज दुई खेल हुनेछन् । दुई खेलमध्ये पहिलो खेलमा एपीएफ र न्यूरोड टिमबीच प्रतिष्पर्धा हुनेछ ।
एपीएफले एक खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हार बेहोर्दै चार अंक बटुलेको छ भने छैठोैँ चरणसम्म आइपुग्दा एनआरटीले एक खेल बराबरी र लगातार हार बेहार्दै एक अंकमा सीमित छ ।
खेलमा एनआरटी लिगमा पहिलो जितको खोजिमा रहनेछ भने यस अघिको खेलमा थ्रीस्टारसँग पराजय ब्यहोरेको एपीएफको लक्ष्य तीन अकं जोड्नु हुनेछ ।

दोस्रो खेलमा तालिकाको पाँचौँ स्थानमा रहेको नेपाल पुलिस र सरस्वती क्लब खेल्नेछ ।

नेपाल पुलिसले तीन खेलमा जित, एक बराबरी र एक हार बेहोर्दै १० अंक जोडेको छ भने सरस्वतीले भने ३ खेलमा हार २ खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ ।

अहिलेसम्म छैठौँ चरण सम्म आइपुग्दा अपराजित यात्रा कायम राखेको मनाङ १५ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ भने पहिलो खेलमा बराबरी र चार वटै खेलमा जित दर्ता गरेको आर्मी भने १३ अंक सहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खबर