जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Diyo post  

 

पर्सा, १८ मङ्सिर । वीरगञ्ज–पोखरिया सडकखण्डको गर्दौलमा आज मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेको ना१ज ३८२४ नं को म्याजिक जिपले विपरीत दिसाबाट आउँदै गरेको ना१२प ५३९७ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पोखरिया नगरपालिका–९ बैरियाविर्ताका २४ वर्षीय मुखिया विणको मृत्यु भएको हो ।

विणको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । जिप चालक फरार छन् । उनको खोजी भइरहेको छ ।

सम्बन्धित खबर