काठमाडौँ, मंसिर २० । पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिकाको सिम्लेमा टिप्पर र कन्टेनर एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
काठमाडौँबाट बाहिरिदैँ गरेको बा २ ख १९२८ नम्बरको कन्टेनरलाई विपरित दिशाबाट आउँदै गरेको ग ४ ख ६१५१ नम्बरको टिप्परले ठक्कर दिएको हो । टिप्परको ठक्करबाट कन्टेनरका चालक राजु तामाङ गम्भिर घाईते भएका छन् । ठक्करबाट कन्टेनर पुर्ण रुपमा क्षति भएको छ ।
दुर्घटना भएपछि पृथ्वी राजमार्ग पुर्ण रुपमा ठप्प भएको छ । करिब दुई घण्टादेखि काठमाडौँ बाट बाहिरिने र काठमाडौँ भित्रिने यात्रुहरु अलपत्र परेको दियोपोष्ट संवाददाताले बताएका छन् ।