दुई अध्यक्ष अनुपस्थित भएपछि नेकपाका चार शीर्ष नेताद्धारा सचिवालय वैठक वहिस्कार

दियो पोस्ट  

काठमाडौँ, मंसिर २२ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का चार शीर्ष नेताले सचिवालय वैठक वहिस्कार गरेका छन् । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै वैठकमा अनुपस्थित भएपछि शीर्ष तहका चार नेताले वैठक वहिष्कार गर्दै बालुवाटारबाट निस्केका हुन् ।

पार्टीको तल्लो तहसम्मको एकिकरण सम्वन्धमा छलफल गर्नको लागि शनिबार दिउँसो ३ बजे बोलाइएको वैठकमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेलसमेत वैठककक्षमा नदेखिएपछि वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बालुवाटारबाट बाहिरिएका हुन्।

‘हामिले १५ मिनेटसम्म कुर्यौँ तरपनि दुई अध्यक्ष र महासचिव वैठकमा उपस्थित भएनन’्, सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘भने नेतृत्व तहका नेताहरु नै पार्टीको तल्लो तहसम्म एकिकरण गर्नको लागि गम्भिर भएको देखिएन’

पार्टीको प्रत्येक वैठक तोकिएकै समयमा गर्ने भनिएतापनि सचिवालय वैठकमा नेतृत्व तहका नेताहरु नै अनुपस्थित भएपछि शीर्ष तहका नेताहरुले वैठक वहिस्कार गरेको वाहिरिएका एक नेताले बताए । पार्टीका नेतृत्व तहका नेताहरुले नै नियमको उल्लघंन गरेको र नियम सिकाउनका लागि वैठक वहिष्कार गरेको उनले बताए ।

यता वालुवाटार स्रोतले भने त्यति बेला प्रधानमन्त्री ओली एक विशेष भेटघाटमा व्यस्त भएको कारणले समयमै वैठकमा उपस्थित हुन नसकेको दावि गरेको छ ।