श्रृङ्खला खतिवडा मिस वर्ल्डबाट आउट, उत्कृष्ठ १२ बाटै विदा भइन्

diyopost.com
Diyo post  शनिबार, मंसिर २२, २०७५ | १९:३५:२३

काठमाडौं, २२ मंसिर । नेपालकी श्रृङ्खला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को अर्को उपाधि मिस वर्ल्ड एसियाज २०१८ मा छानिन नसक्दा अन्तिम १२ बाट अगाडि बढ्न सकिनन् ।

अन्तिम ५ मा पर्नका लागि मिस वर्ल्ड एसिया एण्ड ओसियानिया २०१८ को उपाधि जित्नु जरुरी थियो तर त्यो उपाधि थाइल्याण्डले जितेसँगै नेपाल तथा श्रृङ्खलाको उपाधि यात्रामा विराम लागेको हो ।

अन्तिम ५ मा पुग्न नसके पनि उनले मल्टिमिडिया र ब्यूटी विद् अ पर्पस अवार्ड जितेर भने धेरैको मन जित्न सफल भएकी थिइन् । ब्यूटी विद् अ पर्पस जितेपछि प्रतिक्रिया दिँदै उनले त्यो अवार्ड जित्नु मिस वर्ल्डको ताज जितेसरह भएको बताएकी थिइन् ।

अन्तिम ५ मा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैका छानिएका थिए ।

सम्बन्धित खबर