केपी ओली र एकनाथ ढकाल विरुद्धको जाहेरी सरकारी वकिल कार्यालयमा (जाहेरीसहित)

Diyo post  

काठमाडौं, २३ मंसिर । धर्म परिवर्तन गराएको भन्दै प्रधानमन्त्री र पूर्व सांसद एकनाथ ढकाल विरुद्धको जाहेरी सरकारी वकिलको कार्यालयले पनि लिन अस्विकार गरेको छ ।

अधिवक्ता भूपेन्द्र पोखरेलले यसअघि काठमाडौं प्रहरी परिसर टेकुमा जाहेरी लिएर गएका थिए तर, प्रहरीले जाहेरी नलिएपछि उनी सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए ।

सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता सुर्यराज दाहालले निवेदन लिन अस्विकार गरेका हुन् ।

प्रधानमन्त्री ओली र एशिया प्यासेफिक समिट आयोजक संस्थाका प्रमुख एकनाथ ढकाल विरुद्ध धर्म परिवर्चन गराएको आरोपमा मुद्दा दायर गर्न अधिवक्ता पोखरेल आइतबार मध्यान्न सरकारी वकिलको कार्यालयमा पुगेका थिए ।

काठमाडौं प्रहरीले जाहेरी दर्ता नगरेपनि केही महिना अघि जारी भएको फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ५(१) मा सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गर्न पाउने व्यवस्था छ ।

तर त्यस्तो व्यवस्था भएपनि सरकारी वकिलको कार्यालयले उनको जाहेरी दर्ता गर्न भने मानेको छैन ।

यस्तो छ जाहेरी

 

 

सम्बन्धित खबर