एकनाथ ढकाललाई विशेष सुरक्षा दिने तयारीमा सरकार

दियो पोस्ट  

 

काठामाडौँ, मंसिर २३ । युनिभर्सल पिस फेडेरेसन ( यूपीएफ ) का नेपाल प्रमुख एकनाथ ढकाललाई सरकारले विशेष सुरक्षाको व्यवस्था गर्ने भएको छ । आफुमाथि सुरक्षा थ्रेट भएको भन्दै गृह मन्त्रालयमा निवेदन दिएपछि सरकारले उनलाई विशेष सुरक्षा दिने तयारी थालेको हो ।

एसिया प्रशान्त सम्मेलन सकिएलगत्तै आफु असुरक्षित महसुस गरेको भन्दै ढकालले सरकारसंग सुरक्षा माग गरेका थिए । तथापी आफुलाई कसबाट सुरक्षा थ्रेट रहेको भन्नेबारे भने ढकालले खुलाएका छैनन् ।

यसअघि सरकारले वहालवाला मन्त्री, सांसद, उच्च पदका कर्मचारीले सुरक्षाको माग गर्दा सरकारले दिएको छैन । ढकाललाई सुरक्षा दिने नदिने विषयमा भने गृहमन्त्रालयले छलफल गरि निर्णय गर्ने बताएको छ ।