२४ मंसिर, काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको हत्यारा छिट्टै पत्ता लाग्ने बताएका छन् । उनले प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाउनको लागि कुनै पनि कसर बाँकी नराखएको बताउदै घटनाको दोषी पत्ता लगाउन भने केही समय लागेको बताएका हुन् ।
निर्मला पन्तको हत्याराको आरोपमा पक्राउ परेका व्यक्तिहरुमाथि विज्ञ सहितको टोलीले अनुसन्धान गरिरहेको बताउदै महानिरीक्षक खनालले घटनामा संलग्न दोषीलाई पक्राउ नगर्न कतैबाट पनि दबाब नआएको बताए ।
राष्ट्रिय सभा अन्तर्गतको सुशासन समितिमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले कुनै घटना विशेषलाई लिएर प्रहरी संगठनको व्यवसायिकता र निष्ठामाथि प्रश्न नउठाउन पनि आग्रह गरे ।
‘निर्मला पन्तको घटनाको बारेमा सर्वत्र चिन्ता छ’, महानिरीक्षक खनालले भने,‘अपराधी पत्ता लगाउनको लागि प्रहरी संगठन रातदिन नभनी लागेको छ म राम्रोसँग निदाउन पनि सकेको छैन् ।’ उनले प्रहरीले गरेको राम्रो कामको बारेमा पनि जनस्तरमा पुर्याउन आवश्यक भएको बताउदै मन बचन र कर्मबाट प्रहरी संगठन शान्ति सुरक्षा र सुशासनको पक्षमा दृढतापूर्वक उभिएको बताए ।