भैरहवा , मंसिर २६ । भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्सवमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान ।
उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दैं गएको छ । रासस