दाङमा वेहुला बोकेको स्करपियो बस संग ठोकियो, दुलाहाको आमाबावुसहित ६ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौँ, मंसिर २७ ।  दाङमा जन्ती चढेको स्कारपियो र यात्रुवाहक जीप आपसमा ठोक्किँदा वेहुलाको आमाबावुसहित ६ जनाको मृत्यु भएको छ । लमही नगरपालिका ९ मा विहान २ बजे भएको दुर्घटनामा दुईजना गम्भिर घाइते भएका छन् ।

बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किँएको थियो ।

मृत्यु हुनेहरुमा बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्ज बस्ने ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी छन् । उनीहरूको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु हो ।

यस्तै सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहिका निमित्त प्रमुख पुरण मल्लले जानकारी दिए ।

मृत्यु हुनेमा दुलाहाका बुवा मानबहादुर केसी, आमा बिमला खत्री र भतिज प्रविन केसी रहेका स्थानीय खेमराज गौतमले बताए। घाइतेमा राप्तीसोनारी –८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढा रहेका छन्।

घाइते दुवैलाई कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको फ्लोरेन्स अस्पताल लमहीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

TATA ADD

सिफारिस