रुपन्देहीको तिलोत्तमामा २६ वर्षीय युवकको ढुङ्गाले हानेर हत्या

diyopost.com
Diyo post  बिहिबार, मंसिर २७, २०७५ | ९:४४:२२

 

रुपन्देही, २७ मङ्सिर । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले बताएका छन३ ।

बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले खबर गरे पछि अनुुसन्धान गर्दै जाँदा चौधरीलाई पक्राउ गरिएको थियो । पक्राउ परेलगत्तै चौधरीले पनि हत्या आफुले गरेको स्विकारेका थिए ।

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो । झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा चौधरीले बताएका छन् ।

अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको छ ।

सम्बन्धित खबर