सानाकिसानको ऋण मिनाहा गर्ने सरकारको निर्णय

Diyo post  

काठमाडौँ, मंसिर २७ । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने भएको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गर्दै सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले साना किसानको ऋण मिनाहा गर्ने निर्णय गरेको छ ।

कृषी विकास बैँकमार्फत लिएको ऋणको साँवामाात्रै २९ करोड भन्दा बढी छ । उक्त रकमको ब्याजमात्र एक अर्बभन्दा बढी हुने कृषी विकास बैँकले जनाएको छ । तर, सरकारले उक्त ऋण तिरिदिने भएपछि ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् ।

सम्बन्धित खबर