भारतीय दुई सय, पाँच सय र दुई हजारको नोट नेपालमा नचल्ने

Diyo post  

काठमाडौँ, मंसिर २७ । सरकारले भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटमाथि प्रतिवन्ध लगाएको छ । २४ गते बसेको मन्त्रीपरिषद वैठकले भारतिय दुई सय, पाँच सय र दुई हजारका नोट नचल्ने निर्णय गरेको हो ।

 

मन्त्रीपरिषद वैठकको निर्णय प्रस्तुत गर्दै संचार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले तीन दरका भारतिय रुपयाँ प्रयोगमा सरकारले रोक लगाएको बताएका छन् । सर्वसाधारण जनतालाइ यी तीन दरका भारतिय रुपैयाँ प्रयोगमा नल्याउनका लागि सरकारले आह्वान गरेको छ ।

सम्बन्धित खबर