हिन्दुराष्ट्रको मागसहित राप्रपाले फागुन ७ देखि शान्तिपुर्ण जनसंघर्ष गर्ने

Diyo post  

पोखरा, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् ।

मिडिया नेपाल कास्की शाखाद्धारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले पार्टीले गर्न लागेको जनसंघर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको स्पष्ट पारेका छन् ।
नेपाली कांग्रेस महासमिति वैठकमा पनि हिन्दु राष्ट्रको बारेमा हस्ताक्षर संकलन भएको कुरा सकारात्मक भएको बताउँदै नेता थापाले वैठकले हिन्दु राष्ट्रको पक्षमा साहसिक निर्णय गर्ने अपेक्षा लिइएको बताएका छन् ।

मुलुकको सामाजिक, साँस्कृतिक क्षेत्रका साथै राजनीतिक दलमा पनि हिन्दूराष्ट्रका पक्षमा झुकाव बढेको उल्लेख गर्दै उनले नेपाली काङ्ग्रेसले हिन्दूराष्ट्रको पक्षमा निर्णय गरेमा सहकार्य गरेर अगडि बढ्न सकिनेमा जोड दिए ।
शान्ति सुरक्षालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको मुद्दालाई शसक्तरूपमा उठाउने बताउँदै अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित खबर