काठमाडौँ, पुष १३ । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बिपी कोइरालाको बाटोमा हिड्दा मात्र काँग्रेस सफल हुने बताएका छन् । नेविसंघ प्रदेश नम्बर ३ ले गरेको कार्यक्रममा सिटौलाले यस्तो बताएका हुन् ।
कांग्रेसले विपीको बाटो छोड्दा काँग्रेस पछिल्लो समय कमजोर बनेको उनको भनाइ थियो । कार्यक्रममा युवा नेता गगन थापाले पनि काँग्रेसलाई बलियो बनाउन १४ औं महाधिवेशनको कार्यतालिकालाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
नेताहरूको निस्वार्थपनले मात्र काँग्रेस सफल हुने थापाको भनाई थियो । कार्यक्रममा उमाकान्त चौधरी, शिव हुमागाईं, प्रदीप पौडेलसहितका नेताले काँग्रेसले विगतमा गरेका कमजोरी सुधार गरे मात्र पार्टी सफल हुने बताएका छन् । नेविसंघ प्रदेश नम्बर ३ का सँयोजक राम प्रसाद अधिकारीले नेविसंघको महाधिवेशन समयमै सम्पन्न गर्नु पर्ने बताए ।