काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्यो, बुधवार पानीसँगै हिउँ पर्ने सम्भावना

दियो पोस्ट  

काठमाडौं, पुस १६ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आज सोमबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान ५ देखि पौने ९ बजेको बिचमा न्यूनतम तापक्रम शून्यको आसपासमा पुगेको मौसमविद राजु प्रधानाङ्गले बताए ।

तर तापक्रम अझै कम हुने सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताए । यस्तै सोमबार दिनभर मौसम सफा रहनेछ ।

बुधबार बदली भई देशका केही ठाउँमा पानी पर्ने र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

TATA ADD