यादवसंगै शहरी विकासमन्‍त्री राई पनि सरकारबाट बाहिरिए

दियोपोस्ट संवाददाता

काठमाडौँ । समाजवादी पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका उपेन्द्र यादवले राजीनामा दिएपछि उनीसंगै सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनानमा दिएका छन् । मंगलबार बिहान पार्टीले सरकार छोड्ने निर्णय गरेपछि उपप्रधानमन्त्री यादव र मन्त्री राईले पदबाट राजीनामा दिएका हुन्।

सहरी विकासमन्त्रीले राजीनामा दिनुपर्ने कारण उल्लेख नगरी संविधानको व्यवस्थाअनुसार राजीनामा दिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन्। सहरी विकासमन्त्री राईले सहकार्य गर्ने अवसर दिएकोप्रति सरकारलाई धन्यवाद दिँदै राजीनामा दिएका छन्। ‘उपरोक्त सम्बन्धमा मलाई नेपाल सरकार सहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नु भई कामकाजको जिम्मेवारी दिनुभएकोमा नेपालको संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु’, राजीनामा पत्रमा राईले लेखेका छन्, ‘सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु।’