रामेछाप मन्थलीका रोशन बर्देवा पेस्तोलसहित पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष ९ । महानगरिय अपराध महाशाखाले रामेछापका रोशन वर्देवालाई पेस्तोलसहित पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ बर्षीय बर्देवालाई बुधबार अपराध महाशाखाबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

बालुवाखानीतिर हात हतियार बोकेर हिँडिरहेको छ भन्ने सुचनाको आधारमा महाशाखाले विशेष टोली परिचालन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका बर्देवा नेपाल आर्मीको भगौडा जवान रहेको समेत खुल्न आएको छ ।

उनलाई अपराध महाशाखामा लगि थप अनुसन्धान अगाडी बढाइएको छ ।

सम्बन्धित खबर

सिफारिस