डिआइजी आशा सिंहलाई एजाइजीमा बढुवा सिफारिस

दियो पोस्ट  

काठमाडौँ, पुष १४ । प्रहरी नायव महानिरिक्षक (डिआइजी) आशा सिंहलाई एआइजीमा बढुवा गरिने भएको छ ।

सोमबार प्रहरी प्रधान कार्यलयको बढुवा समितिको वैठकले डिआइजी सिंहलाई एआइजी पदमा बढुवा सिफारिस गरेको हो ।

सिंह नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी छिन् । बढुवा समितिले उनलाई कार्यसम्पादन मूल्याँकन गर्दै १०० मा ७४.७२ अंक दिएको छ ।