छायाँ सेन्टरका मजदुर बने मालिकका ‘गुण्डा’ : सम्पदा अधिकारकर्मीलाई धम्की (पत्रसहित)

दियो पोस्ट  

काठमाडौं, १६ पुस । मजदुरहरु आफ्ना मालिकले अन्याय गर्दा र श्रम शोषण गर्दा सडकमा आएको, संघर्ष गरेको ईतिहास छ । तर, आजका मजदुर भने आफ्ना मालिक र साहुले गरेको काला कतुर्त विरुद्ध लाग्नुको सट्टा मालिककै काला कतुर्त जोगाउन विभिन्न अवाञ्छित गतिविधिमा हिँड्न थालेको पाइएको छ ।


ठमेलको कमलपोखरी हडपेर बनाइएको छायाँदेवी कम्प्लेक्समा काम गर्ने कथित मजदुरका नेताहरुले संम्पदा संरक्षणकालागि लडिरहेका अधिकारकर्मीमाथि नै धम्की दिइएको पाइएको छ । बैंकर तथा अर्बपति व्यापारी पृथ्वीबहादुर पाण्डे, सुमन पाण्डे र होटल एलफ्टका मालिक तथा छायासेन्टरका मालिक सुहृद घिमिरेले आफ्नोमा काम गर्ने कामदारलाई टोलेगुण्डा जस्तै धम्की दिन समेत प्रयोग गरेको पाइएको छ ।

४३ जना भूमाफियाको मिलेमतोमा हडपीएको कमलपोखरीको जग्गामा निर्माण भएको छायादेवी कम्प्लेसमा काम गर्ने मजदुरको तर्फबाट सम्पदा अधकारकर्मी भागवत प्रधानलाई धम्की दिइएको हो । उनको घरमै आएका कथित मजदुर नेताहरुले धम्की दिएका हुन् । ‘मेरो श्रीमतीलाई घरमै धम्की दिइयो । मलाई जीफन्टका सचिव बताउने राम बहादुर श्रेष्ठले धम्की दिनुभयो,’ भागवतले दियोपोस्टसँग भने ।


छाया सेन्टरमा का मगर्ने १२ सय मजदुरको तर्फबाट भन्दै तीन नेताले उनलाई तीन दिने अल्मिेटमसहित धम्की दिएका छन् ।

यस्तो छ धम्की पत्र

TATA ADD