काठमाडौँ । भारतीय सैन्य प्रमुख अर्थात चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको पुष्टि गरेको छ ।
रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।
रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।