काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
अहिलेसम्म ४ हजार ३ सय ७८ मत गणना हुँदा देउवाले २०९५ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १५९८ र प्रकाशमान सिंहले ३५० मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २४० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २१ मत मात्र प्राप्त भएको छ । सभापतिमा निर्वाचित हुन कम्तीमा २३४० मत प्राप्त गर्नपर्नेछ ।
१४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् ।