देउवा पहिलो चरणमै निर्वाचित हुन् सकेनन्, फेरी मतदान हुने

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर २८, २०७८ | १२:४०:४४

काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन्  । शेखर कोइरालाले १७२९  मत प्राप्त गरे । तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गरेका छन भने विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरे ।

पहिलो चरणमा निर्वाचित हुन देउवालाई ८२ मत अपुग भएको हो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

सम्बन्धित खबर