आठ दिनपछि भेटिए चन्द्रे कामी

diyopost.com
दियो पोस्ट  बुधबार, पौष ०७, २०७८ | १३:२६:४२

हुम्ला- अन्तर्जातीय विवाहपछि सम्पर्कविहिन रहेका चन्द्रे कामी हुम्लामै भेटिएका छन् ।  गत २९ मंसिरदेखि सम्पर्कविहीन भएका उनलाई प्रहरीले हुम्लाकै खार्पुनाथ गाउँपालिकामा बुधबार बिहान फेला पारेको हो । बेपत्ता भएको आठ दिनपछि उनी फेला परेका हुन् ।

 बुधबार बिहान ८ बजे खार्पुनाथमा हिँडिरहेकाे अवस्थामा उनलाई फेला पारिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । उनका अनुसार चन्द्रे सकुशल भेटिएका छन् । उनको खोजीका लागि ३५ जना प्रहरी परिचालन गरिएको थियो।

जातकै कारण मागी विवाह सम्भव नहुने निचोडमा पुगेर १८ वर्षीय चन्द्रे र मुगुकी १७ वर्षीया रमिला मल्ल (सुन्तली)ले ५ मंसिरमा भागेर विवाह गरेका थिए ।

त्यसपछि चन्द्रेलाई उनकै घरबाट केटी पक्षले मध्यराति छरछिमेकीको घरमासमेत तालाबन्दी  गरेर लगेकाे थियाे । बेपत्ता भएकाे आठ दिनपछि आज उनी हुम्लामै भेटिएका हुन् ।

रमिला र उनका बुवा प्रहरीको निगरानीमै छन्। चन्द्रेको परिवारले उनलाई रमिलाका माइती पक्षले सँगै लिएको दाबी गरिरहेका छन्।रमिलाको परिवारले भने आफूहरुले छोरी मात्र ल्याएको बताएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर