को बन्दैछ माओवादी केन्द्रको महासचिव ? आधा दर्जन नेताको भिडन्त !

diyopost.com
दियो पोस्ट  शनिबार, पौष १०, २०७८ | १७:५५:१५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आगामी पुस ११ गतेदेखि १३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा राष्ट्रिय सम्मेलन सम्पन्न हुँदैछ ।
अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डको विकल्प देखिएको छैन । उनलाई नै अध्यक्ष निर्वाचित गरेर जाने आम नेता कार्यकर्ताको मनोविज्ञान छ । तर महासचिवमा भने नेताहरुबीच तिब्र प्रतिष्पर्धा हुने भएको छ ।

]
महासचिवका लागि हालसम्म आधा दर्जन नेताको प्रतिष्पर्धा रहने देखिएएको छ ।

हाल अर्थमन्त्री रहेका जनार्दन शर्मा महासचिवका प्रमुख प्रत्यासी हुन् । उनले केहीदिन अघि देखि नै मिडियाबाजी गर्न थालिसकेका छन् । शर्माले आफु अनुकुल सञ्चारमाध्यमलाई बोलाएर महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

तर, उनीभन्दा सिनियर नेता वर्षमान पुन उपचारबाट फर्कँदै छन् । उनले समेत महासचिवको उम्मेदवारी दिने चर्चा छ । जन्डिस विग्रीएपछि चीनमा उपचाररत नेता पुनको पार्टी भित्र निकै राम्रो पकड छ ।

यता उर्जामन्त्री समेत रहेकी पम्फा भुसालले पनि महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् । उनले एक सञ्चारमाध्यम मार्फत आफुले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

यसअघि पार्टी महासचिवकै भूमिका समेत निभाएका पूर्व सभामुख कृष्ण बहादुर महराको समेत पार्टी महासचिवमा दाबी छ । नेताहरुको चर्को लडाइँ रहे महराले सर्वसम्मत रुपमा नेतृत्व पाउने विश्वास एकाथरी कार्यकर्तामा छ ।

शिक्षामन्त्री समेत रहेका देवेन्द्र पौड्यालले पनि महासचिवमा उम्मेदवारी दिने आफू निकटस्थहरुलाई बताउँन थालेका छन् । नयाँ शक्तिबाट प्रवेश गरेका उनी पुराना माओवादी नेता हुन् ।

त्यस्तै महासचिवमा नारायणकाजी श्रेष्ठ समुहको समेत दाबी रहने विश्लेषण रहेको छ । त्यसो हुँदा श्रेष्ठ समुहबाट यसअघि सचिव समेत रहेका पूर्व शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई महासचिवमा अघि सार्ने उनकै समुहका एक नेताले बताए ।

यसअघि सम्पन्न नेपाली कांग्रेसको महामन्त्रीमा युवा अनुहारले सर्वाधित मतसहित विजय हासिल गरेको थियो । युवा नेताहरु विश्व प्रकाश शर्मा र गगन थापा महामन्त्रीमा निर्वाचित भएको थिए । माओवादी महासचिवमा स्वतस्फूर्त निर्वाचन भए युवा अनुहारले स्थान पाउन सक्ने आंकलन पनि गरिएको छ । तर, माओवादी मासबेस पार्टीबाट खुम्चिँदै गएकाले त्यस्तो संभावना कम रहेको विश्लेषण समेत हुन थालेको छ ।

 

सम्बन्धित खबर