आखेटोपहारको अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्त पक्राउ

दियो पोस्ट  

काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-९, काठमाडौंका ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मच्छेगाउँबाट उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।