काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ । माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१) बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् । प्रदेश सभामा ९ सांसदहरु रहेको दलको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको माओवादी लुम्बिनी अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।