काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी एकता, सहकार्य वा मोर्चाबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । मंगलबार सकिएको बैठकले वामपन्थी एकता र सहकार्यका लागि सधैभरी प्रतिबद्ध रहेको भन्दै त्यसको गृहकार्य गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको हो ।
त्यस्तै नयाँ समीकरणपछि बनेको प्रचण्ड नेतृत्वको सरकारबारेको दृष्टिकोण बनाउने जिम्मा पनि पोलिटब्युरोले सचिवालयलाई नै दिएको छ । ‘नयाँ गठबन्धन सरकारका बारेमा थप आवश्यक अध्ययन, छलफल गर्नुपर्ने छ । यसले जनताका लागि के कस्ता योजना र कार्यक्रम ल्याउँछ त्यसका आधारमा यसबारे अन्तिम निर्णय गर्ने अधिकार पनि केन्द्रीय सचिवालयलाई प्रदान गरेको छ’, बैठकका निर्णय सुनाउँदै एक नेताले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्ने भन्ने बारेमा अन्य राजनीतिक दल र उनीहरूका गतिविधि हेरेर निष्कर्ष निकाल्ने भएको छ ।