अनेरास्ववियूले प्रधानमन्त्री समक्ष राख्यो पूर्ण समानुपातिक निर्वाचनको माग

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीको माग गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग भेट गर्दै प्रधानमन्त्री समक्ष उक्त माग गर्दै ज्ञापनपत्र पेस गरेको हो । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहाल समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सबै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने माग राखेको छ । साथै ज्ञापन पत्रमा भनिएको छ, “स्ववियु नहुदा विश्वबिधालयमा आवधिक निर्वाचन नहुदा प्रशासनको मनोमानी व्याप्त रहेको, विश्वबिधालयमा विसंगति, भ्रष्टाचार र अनियमितता बढेको, गुणस्तरीय पढाइ नभएको, शैक्षिक क्यालेन्डर, पाठ्यक्रम र परिक्षाप्रणाली अव्यवस्थित भएको जसक श्रमजीवी, मजदुर, किसानका छोराछोरी प्रत्यक्ष मारमा परेको छ ।”