दाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

दियो पोस्ट  

दाङ । दाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमही नगरपालिका
–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् । उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यादवले ती बालिकालाई सोही नगरपालिका९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।