काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले भेटेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल र यादव पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले दुवै पार्टीसँग विश्वासको मतका लागि भएको छलफल सकारात्मक भएको बताएका छन् । छलफलमा प्रचण्डले आफूलाई संसदमा विश्वासको मत दिन आग्रह गरेका थिए । सो आग्रहमा दुवै नेताले सकारात्मक प्रतिक्रिया दिएको प्रचण्डको भनाइ छ । प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘उहाँहरु सकारात्मक हुनुहुन्छ ।’ प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिंदैछन् ।
उनले भने, ‘विश्वासको मत दिनेमा कुनै शंका छैन ।’