भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना, ४ नेपालीको मृत्यु

दियो पोस्ट  

काठमाडों । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको छ । प्रारम्भिक जानकारीअनुसार बसमा यात्रारत ४ जना नेपालीको मृत्यु भएको छ । बसमै यात्रारत टीकापुरका स्थानीय भुपेन्द्र साउदका अनुसार चार जनाको मृत्यु भएको छ र उनीहरुको परिचय खुलेको छैन । बसमा सवार अन्य केही घाइते भएका छन् । बसमा ६६ जना यात्रु रहेको खुलेको छ । थप विवरण आउन बाँकी नै छ ।