प्रदेश १ः प्रदेश सरकारमा नजाने माओवादीको निर्णय

दियो पोस्ट  

विराटनगर । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।