एकीकृत समाजवादीमा प्रवेश गरेका दीपक मनाङेले भने-‘मेरो समर्थन एमालेलाई’

दियो पोस्ट  

पोखरा । सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।

पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।

मनाङबाट प्रदेश सभामा स्वतन्त्र उठेर निर्विरोध भएका मनाङे चुनाव लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।