सीके राउत र अमेरिकी राजदूतबीच भेट, दुई देशबीचको सहकार्यबारे छलफल

दियो पोस्ट  

काटमाठौं । अमेरिकी राजदूत डिन आर थम्पसन र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ। जनमतको पार्टी कार्यालय बुद्धनगरमा उनीहरुबीच भेट भएको हो । भेटमा दुई देशबीचको विकास र सहकार्यबारे छलफल भएको जनमत पार्टीले जनाएको छ।

मंसिर ४ गते भएको निर्वाचनपछि राउत मधेसमा नयाँ शक्तिको रुपमा देखा परेका छन्। प्रतिनिधि सभामा जनमत पार्टीको ६ सिट रहेको छ। मधेस प्रदेशमा उक्त दलले १३ सिट प्राप्त गरेको छ।