आफूलाई जेलबाट छुटाउन ओली-प्रचण्डसँग रेशमले मागे लिखित प्रतिबद्धता

आज २ बजेसम्म ठोस निर्णय नदिए गठबन्धनमा नरहने चेतावनी

दियो पोस्ट  

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीले आफूलाई जेलबाट छुटाउनेबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लिखित सम्झौताको माग गरेका छन् । उनले दिउँसो २ बजेसम्म यस विषयमा ठोस निर्णय नभए आफू त्यस गठबन्धनमा नरहने जनाएका छन् । आज डिल्लीबजार कारागारमा सांसद र आफूनिकटका नेताहरूलाई रेशमले उक्त कुरा बताएका हुन् ।

‘लिखित प्रतिबद्धता आएमा अहिलेको गठबन्धन कायम रहन्छ नभए गठबन्धन अर्को हुन्छ’, बैठकमा सहभागी एक नेताले भने ।