काठमाडौं । कर्णाली प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल नेतृत्व गर्ने सहमति भएको छ। केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो।
कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री बन्नेछन् भने त्यसपछिको साढे दुई वर्ष एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।
अन्ततः झन्डै सात वर्षपछि नेता कँडेलको मुख्यमन्त्री बन्ने सपना पूरा हुने निश्चित भएको छ।