आदेश नभई कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

दियो पोस्ट  

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश नभई कानुनको पालना गर्न निर्देशन दिएका छन्। बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए।

‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु।’ उनले जे सही हो, त्यही मात्र काम गर्न र आदेश नभई कानुन पालना गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए।

गृहमन्त्री लामिछानेले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन् बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताए।
सबै निकायसँग समन्वय गरेर मुलुकको विकासका काम गरिने उनको भनाइ छ।