कांग्रेसको निर्णय : सभामुख–उपसभामुखबारे दलहरुसँग छलफल गर्ने

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको स्रोतले बतायो ।

‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं’, उनले भने । प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन हुँदै छ ।