पोखरामा विमान दुर्घटनाः विमानमा १० पर्यटकसहित ७२ जना सवार थिए

दियो पोस्ट  

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा १० विदेशीसहित ६८ जना यात्रु रहेको जनाइएको छ । दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ यात्रुसहित कूल ७२ जना जहाजमा रहेको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ । स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् ।

विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताललाई उच्च तयारीमा रहन निर्देशन दिएको कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।