पोखरामा विमान दुर्घटनाः विमानका पाइलट कमल केसी, कोपाइलट थिए अन्जु खतिवडा

दियो पोस्ट  

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको विमानको क्याप्टेन कमल केसी रहेको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घटनामा परेको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

दुर्घटनामा परेको यती एयरको जहाजमा तीन शिशु र ६ बालबालिका सवार थिए । यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । तीमध्ये १० जना विदेशी यात्रु थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको नाइन एन( एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार ३० जनाको शव अहिलेसम्म फेलापरेको छ ।