पोखरामा विमान दुर्घटनाः विमानमा तीन शिशुसहित ६ बालबालिका सवार थिए

दियो पोस्ट  

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको जहाजमा तीन शिशु र ६ बालबालिका सवार थिए । यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । तीमध्ये १० जना विदेशी यात्रु थिए ।