पोखरामा विमान दुर्घटनाः यी हुन् विमानका सिनियर क्याप्टेन कमल केसी

दया दुतराज  

काठमाडौं । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको दुर्घटनामा परेको यती एयरको विमानको क्याप्टेन कमल केसी रहेको खुलेको छ । दुई पाइलट, दुई जना एयर होस्टेस, १० विदेशी यात्रुसहित ६८ यात्रु गरी कूल ७२ जना सवार जहाज पोखरामा दुर्घटनामा परेको हो ।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

सम्पादकीय नोट : यसअघि असावधानीवस अन्य तस्विर प्रकाशित भएकोमा क्षमायाचनासहित माफी माग्दछौँ । सम्पादक