काठमाडौं । प्रधानमत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पोखरा जाने कार्यक्रम स्थगित भएको छ । विमान दुर्घटनास्थलको अवलोकनका लागि प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पोखरा जाने तयारी गरेका थिए ।
गृहमन्त्री लामिछानेले प्रधानमन्त्री जाँदा भिड नियन्त्रण गर्न झन् कठिन हुन सक्ने आँकलन गरी कार्यक्रम स्थगित गरिएको बताए । प्रधानमन्त्रीलाई लैजान सेनाको हेलिकोप्टरसमेत बालुवाटार ल्याइसकिएको थियो ।