काठमाडौं । पोखरामा भएको जहाज दुर्घटनाप्रति अमेरिका तथा चीनले दुःख व्यक्त गरेका छन्।
काठमाडौंस्थित अमेरिका र चीनका राजदूतावासले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका हुन्।
अमेरिकी दूतावासले जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गरेको छ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले दुर्घटनाको खबरले स्तब्ध भएको उल्लेख गरेका छन्।