काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यतीको नाइनएन–एएनसी जहाज पोखरामा दुर्घटनामा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । सवार ७२ जनामध्ये ६८ जनाको मृत्यु भएको नेपाल नगरिक उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
दुर्घटनामा ६८ यात्रु र ४ जना चालकदलका सदस्य गरी ७२ जना सवार थिए। जहजामा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, कोरियन २ जना तथा आइरल्याण्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका १–१ जना नागरिक सवार थिए।
नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार सम्वन्वय केन्द्रले उद्धार कार्य जारी रहेको जनाएको छ। काठमाडौं र पोखरा विमानस्थलमा खोज तथा उद्धारका लागि हेलिकोप्टरहरु तयारी अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विमानस्थलस्थित उद्धार तथा आगलागी प्रतिकार टोली दुर्घटनास्थलमा परिचानल भएको प्राधिकरणले जनाएको छ।